Logo

एक महिने अभियान सञ्चालन गर्दै कांग्रेस



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले पुष १६ देखि माघ १६ सम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानका लागि ७७ वटै जिल्लामा जनप्रतिनिधिहरु खटाइने निर्णय भएको छ । महामन्त्री गगन कुमार थापाले उक्त अभियानले पार्टी संगठनलाई नागरिकसँग जोड्ने विश्वास ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्