Logo

सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न हुँदैनः लीलामणि पोखरेल



काठमाडौं, २९ मङ्सिर । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् ।

मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए ।

“घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन । हिजो जसले अनुत्पादक क्षेत्रमा लगानी गरे, ती सहकारी अहिले सङ्कटमा छन्,”– उनले भने ।

सरकारले उत्पादनमूलक उद्योगमा लगानी गर्न चाहने सहकारीलाई अनुमति दिन आनाकानी गर्न नहुने उनको सुझाव थियो । उनले सहकारीलाई बलियो बनाउन ३८ वटा कानुन निर्माण गर्न आवश्यक भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot