Logo

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता



काठमाडौं, २९ मंसिर । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताका लागि तोकिएको अन्तिम दिन आज (शुक्रबार) सम्म १२ वटा दलले निवेदन दिएका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागिताका लागि निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् । आयोगले दल दर्ताका समय मंसिर २४ गतेदेखि मंसिर २९ सम्म तोकेको थियो ।

आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्