Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, पुस १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्

Screenshot