Logo

एमालेको संकल्प यात्रा चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर आज सकिँदै



काठमाडौं, पुस १ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन हुँदैछ ।

सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो । ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ नाम दिएको एमालेको यात्रा आइतबार पाँचथरको चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर समापन गर्ने कार्यक्रम छ ।

पुष्पलाल (मध्य पहाडी) लोकमार्गलाई केन्द्रित गरी एमालेले यो अभियान आज १ सय १ किलोमिटर यात्रा गरेर चिवाभञ्ज्याङ पुग्न लागेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौं फर्किदैछ ।

झन्डै दुई हजार किलोमिटर लामो यात्रा छिचोल्ने गरी सुरु भएको यो यात्रा आज १७ औँ दिनमा समापन हुन लागेको हो ।संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot