Logo

प्रचण्डप्रति माओवादी नेता न्यौपानेको कटाक्षः ‘लुम्बिनीबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’



काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गर्दै पार्टी रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन भएको टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जालमा नेता न्यौपानले लुम्बिनी विकास कोषमा विवादास्पद छविका ल्हारक्याल लामालाई अध्यक्ष बनाएर रुपान्तरण अभियान सुरु भएको र गोकर्ण रिसोर्टमा गएर अन्त्य भएको टिप्पणी गरेका हुन् ।

गत शुक्रबार प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभा पाठकको विवाह गोकर्ण रिसोर्टमा भब्यरुपमा सम्पन्न भएको थियो । नेता न्यौपानले सोही विवाह, लुम्बिनी विकास कोषमा अध्यक्ष नियुक्ति र माओवादीले चलाइरहेको रुपान्तरण अभियानलाई जोडेर यस्तो टिप्पणी गरेका हुन् ।

‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेता न्यौपाने माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot