Logo

सकियो एमालेको संकल्प यात्रा, ओलीले चिवाभञ्ज्याङमा फहराए राष्ट्रिय झण्डा



काठमाडौं, १ पुस । नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ समापन भएको छ । आज (आईतबार) चिवाभञ्ज्याङ पुगेर अध्यक्ष केपी शर्मा ओलीले सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा फहराएसँगै संकल्प यात्रा समापन भएको हो ।

एमालेको संकल्प यात्रा गत संसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको थियो । यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू सहभागी छन् । संकल्प यात्रा सकिएसँगै ओली आजै काठमाडौं फर्किने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot