काठमाडौं, १ पुष । राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार जतिबेला पनि परिवर्तन हुनसक्ने बताएका छन् । उनले अहिलेको संसद्को गणितलेपनि सरकार जतिबेलापनि ढल्नसक्ने देखिएको बताएका हुन् ।
प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको व्यवहारिक पक्ष हेर्दा गठबन्धन भन्दापनि मन्त्रिपरिषद् पूनर्गठन हुनसक्ने सम्भावना देखिएको सुनाए ।
उनले नेपाली कांग्रेसको संगठनमा बालकृष्ण खाँणको खास प्रभाव रहेको बताए । सुवेदीले प्रधानमन्त्री दाहालको सरकारको एक वर्ष पुग्न लागेको अवसरमा देशको अर्थतन्त्रको हिसाबले आफू असाध्यै असन्तुष्ट रहेको बताए । उनले सबै नागरिकले आर्थिक रुपमा पीडा भोग्नुपरेको टिप्पणी गरे ।