Logo

आजपाले घेर्‍यो भन्सार विभाग (तस्विरहरु)



काठमाडौं,१ पुस । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग घेराऊ गरेको छ ।

आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को लागि आज देखि पुनः भन्सार बिभागमा धर्ना तथा घेराऊ कार्यक्रम शुरू गरेको हो।

हिजो शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदकारी एवं लुटकारी राजस्व नीतिकोविरुद्ध आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार त्रिपुरेश्वरस्थित भन्सार बिभाग घेराऊ गरेको हो ।

गत भाद्र ३१ गते भन्सार विभागको महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरिएको संघर्षको पहिलो चरण अन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१-२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको आजपाले जनाएको छ । तर सरकारले यसको कूनै सुनुवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाईएको आजपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्