Logo

रुसी सेनामा कार्यरत थप १ नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या ७ पुग्यो



काठमाडौं,१ पुस । रुसी सेनामा कार्यरत रहेका थप एक नेपालीको ज्यान गएको छ ।

तीन महिनाअघि दुबईबाट रुस पुगेका कैलालीको टीकारपुर नगरपालिका १ का ३६ वर्षिय भरत साहको मृत्यु भएको हो । उनको शुक्रबार निधन भएको जनाईएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा कुनै जानकारी दिएको छैन् । तर, उनको परिवारले कुशको शव बनाएर दाहशंस्कार समेत गरिसकेका छन् ।

उनी नेपाल प्रहरीको जागिर छाडेर दुबई गएको स्रोतले बताएको छ । दुबईबाट उनी तीन महिनाअघि मात्र रुस पुगेका थिए । मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको छन् ।

थप एक जनाले ज्यान गुमाएसँगै रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि सन्दिप थपलिया (गोरखा) , रुपक कार्की( वाणगंगा(१, (कपिलबस्तु), देवान राई(पोखरा, (कास्की), पितम कार्की( पुतलीबजार (स्याङ्गजा), राज कुमार रोका( मेलुङ्ग(६, (दोलखा), गंगाराज मोक्तान( इलाम(५, (इलाम) ले रुसी सेनामा रहेर ज्यान गुमाएको परराष्ट्र मन्त्रालय पुष्टि गरेको थियो ।

नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा हाल नेपालका २ सय जनाभन्दा धेरै युवा कार्यरत रहेको सूचना आफूहरुलाई आएको जानकारी गत साता पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्