Logo

यस्ता छन् मन्त्रिपरिषद्का १६ वटा निर्णय



काठमाडौं, १ पुस । सरकारले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउपालिकास्थित करिब तीन सय ३९ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ । गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गरेको हो ।

त्यसैगरी, सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डमा पर्ने घर टहरा तथा जग्गाको मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउन समेत स्वीकृति प्रदान गरेको छ ।

साथै, विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्