काठमाडौं, पुस २ । सर्वोच्च अदालतमा प्रस्तावित दुई जना न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । प्रस्तावित न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ आज हुने गरी संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ
जारी संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । सर्वोच्च अदालतका प्रस्तावित छमध्ये दुई जनाको हिजो संसदीय सुनुवाइ भएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले हिजो समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। यसअघि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ ।