Logo

एमाले नेपाली जनताका हितविपरितका गतिविधिविरुद्ध चट्टानी ढंगले उभिरहने छ : ईश्वर पोख्रेल



काठमाडौं, २ पुष । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले आफ्नो पार्टी राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभिइरहने बताएका छन् । उनले एमाले कुनैपनि विषाक्त तथा मुलुक र नेपाली जनताको हित विपरितका विचार गतिविधिका विरुद्ध चट्टानी ढंगले उभिरहने पनि बताएका छन् । पार्टीको संकल्प यात्रा सकिएपछि सामाजिक सञ्जाल फेशबुकमार्फत नेता पोख्रेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्–‘एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ ! कुनै पनि विशाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ ।
यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची , माया , सद्भाव र समर्थनप्रति हार्दिक आभार ! लाखौं जनता स्वतः परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनु भएको छ त्यसले सिंगो एमाले पंक्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ ! सम्पूर्ण देशभक्त नागरिकहरूबाट जुन साथ समर्थन तथा ऐक्यवद्धता प्रदर्शन भएको छ त्यसप्रति उच्च सम्मान छ । नेकपा (एमाले) निरन्तर देश र जनताको पक्षमा समर्पणभावका साथ जुटिरहनेछ , जुटिरहनेछ !!’

उनले पार्टीको संकल्प यात्रा अत्यन्तै सफलताका साथ सम्पन्न भएको पनि दाबी गरेका छन् । उनले अहिले औपचारिक रुपमा घोषित कार्यक्रममात्र टुँगिएको भएपनि यो यात्राका उद्देश्य र विषयहरुलाई अगाडि बढाउने पार्टीको संकल्प र योजना भने जारी रहने स्पष्ट पारेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

मंसीर १४ देखि शुरू गरिएको समृद्धिका लागि झुलाघाट- चिवाभन्ज्यांग “संकल्प यात्रा ”आज दिउंसो (पुस १ गते) १२ बजे चिवाभन्ज्यांगमा नेकपा(एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय झण्डा फहराएपछि अत्यन्त सफलताका साथ विधिवत सम्पन्न भएको छ । अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुंगिएको हो । तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको संकल्प र योजना भने जारी रहनेछ ! हामी जनताका विचमा पुगिरहनेछौं, जनतासितको सम्वन्धलाई गाढा बनाइरहनेछौं , प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेलिरहनेछौं । यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।

एमालेले संविधानसम्मत , शान्तिपूर्ण तरिकाले, सिंगो मुलुक र आम जनताले भोगिरहेका, अनुभूत गरिरहेका बिषयमा केन्द्रीत रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने , अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको छ ! सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस विचमा नियाल्ने मौका पाएका छौं । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ ! कुनै पनि विशाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ ।

यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची , माया , सद्भाव र समर्थनप्रति हार्दिक आभार ! लाखौं जनता स्वत: परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनु भएको छ त्यसले सिंगो एमाले पंक्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ ! सम्पूर्ण देशभक्त नागरिकहरूबाट जुन साथ समर्थन तथा ऐक्यवद्धता प्रदर्शन भएको छ त्यसप्रति उच्च सम्मान छ ।
नेकपा(एमाले) निरन्तर देश र जनताको पक्षमा समर्पणभावका साथ जुटिरहनेछ , जुटिरहनेछ !!



प्रतिक्रिया दिनुहोस्

Screenshot