Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो



काठमाडौं,२ पुस । गत मंसिर ५ गते न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा परेका ६ जना प्रस्तावित न्यायाधीशको सुनुवाइ सम्पन्न भएको छ ।

गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्