काठमाडौं, पुस ३ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठक माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियान लगायत विषयमा छलफल हुनेछ ।
माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।