Logo

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि



काठमाडौं, पुस ३ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाईएको छ । सोमबार तीन सदस्यीय विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको थियो ।

सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहनेछ ।



प्रतिक्रिया दिनुहोस्