Logo

श्रीलंकाका विदेशमन्त्री भोली नेपाल आउँदै



काठमाडौं, पुस ३ । श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणमा काठमाडौं आउँदै छन् । नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधबार काठमाडौं आईपुग्दैछन् ।

बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, संस्कृति, रक्षा, जनसम्पर्क तथा कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने जनाएको छ ।

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने छ ।
नेपाल बसाईको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्