Logo

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा



काठमाडौं,३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलसँग पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे परामर्श गर्न प्रचण्ड शीतल निवास पुगेका हुन् ।

संसद्को अधिवेशन बोलाउनेलगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेको बताईएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाका एक महिला सदस्यको पदावधि समेत सकिन लागेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्य सत्ता गठबन्धनको भागबन्डामै हुने भए पनि राष्ट्रपतिले समे चासो राखेका छन् ।

राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका विभिन्न निकायले गर्नुपर्ने जनपक्षीय कामको बारेमा समेत सरोकार राखिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्