Logo

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुग्यो



काठमाडौं,३ पुस । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्।

चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको हो भने छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ।

भूकम्पको तीव्रता ५.९ र गहिराई १० किलोमिटर रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । अहिले राहत तथा उद्धार कार्य जारी छ ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई निकाल्ने प्रयास गरिरहेका छन् ।

गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot