Logo

हस्तकला मेलामा दुई करोडको कारोबार



काठमाडौं, ३ पुस । राजधानीमा मंसिर १४ देखि १८ गतेसम्म चलेको हस्तकला मेलामा २० करोड रुपैयाँको कारोबार भएको छ ।

नेपाल हस्तकला महासंघले सो जानकारी दिएको हो । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो ।

मेलामा प्रदेश,जिल्ला हस्तकला संघ,गहना,सुती कपडा,पश्मिनालगायतका विभिन्न उत्पादनका वस्तु संघको सहभागिता रहेको थियो ।

राष्ट्रिय उद्यमी र हस्तकलाका आयातकर्ताहरूबीचको व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य राखिएको उक्त कार्यक्रममा करिब १२० वटा बिक्री स्टल रहेका थिए । मेलामा उद्यमी, हस्तकलाका आयातकर्ता र उपभोक्तालाई भेला गरिएको थियो ।

सो अवसरमा वाग्मती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले हस्तकलाका उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै विदेशी मुद्रा पनि आर्जन गरेको बताए । यसले उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न मद्दत गर्ने भएकाले यसको संरक्षण र विस्तार गरिनुपर्छ,उनले जोड दिए।

नेपालले ६० भन्दा बढी देशमा हस्तकला निर्यात गरिरहेको महासंघले जनाएको छ । हस्तकलाको कुल बजार २४ अर्ब रुपैयाँ रहेको छ भने करिब ११ लाख मानिस यस क्षेत्रमा संलग्न छन् । नेपालले वार्षिक १२ अर्ब रुपैयाँको हस्तकला निर्यात गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot