Logo

‘प्रभु रिसाउँछन भनेर विभेद रहेको जान्दाजान्दै पनि ठप्पा लगाउन बाध्य छौँ हामी विचरा माननीयहरु !’



काठमाडौं,३ पुस । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले दलीय ह्वीपका कारण कतिपय गलत विधेयकहरुमा पनि सांसदहरुले समर्थन गर्न बाध्य भएको बताएकी छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालले नागरिकता ऐनमा कतिपय गलत र विभेदपूर्ण कुरा रहेको जान्दाजान्दै पनि आफूहरुले समर्थन गर्नुपरेको बताएकी हुन् । उनले विदेशी शक्तिहरुलाई रिझाउनकै लागि नागरिकता ऐन पारित गरिएको आशंका ब्यक्त गरिन् ।

भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्न पर्छ । त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला (बुहारी) ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ,’उनले थपिन्,‘हामी विचरा माननीयहरु प्रभु रिसाउँछन भनेर विभेद रहेको जान्दा जान्दै पनि ठप्पा (समर्थन) लगाउन बाध्य छौँ । दलको ह्वीपको नाममा हामी सांसदका हात बाँधिएका छन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot