Logo

एनसेलको शेयर खरिद-बिक्री रोकेर बाँकी कर तत्काल असुल गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौं,३ पुस । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एनसेलले बुझाउनुपर्ने कर तत्काल असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले एनसेलको शेयर खरिदब्रिक्री सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन नआउँदासम्म रोक्न पनि निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार समितिको बैठकले २०८६ मा एनसेललाई सरकारको मातहत ल्याउन पनि निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot