Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीशबारे निर्णय लिन संसदीय सुनुवाई समितिको बैठक बस्दै



काठमाडौं,४ पुस । संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठक सिंहदरबारस्थित सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा परेका ६ जना प्रस्तावित न्यायाधीशको बारेमा निर्णय हुनेछ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

उनीहरुमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।

समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot