Logo

प्रधानसेनापतिसामू रविले भने- तपाईंहरुको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन, कछुवा ट्र्याक भयो



काठमाडौं,४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाले सोअनुरुप काम गर्न नसकेको बताएका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले फास्ट ट्र्याकको भौतिक र वित्तीय प्रगति हेर्दा कछुवा ट्र्याकजस्तो देखिएको बताएका हुन् । ‘२०७४ सालमा सुरु भएको कामको प्रगति एक चौथाइमात्रै भएको छ ,’ उनले भने,‘यो फास्ट ट्र्याक होइन,कछुवा ट्र्याक भएको छ ।’

उनले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा समेत जोड दिए । लामिछानेले भने, ‘परामर्श खर्च एक अर्ब खर्च भएको रहेछ । खोकना उपत्यकाको प्राचीन सहर हो मास्नु हुँदैन भन्ने हो। अर्को विकल्प खोज्नि पो हो कि।’

सभापति लामिछानेले सेनाले जिम्मा लिएको काम किन सुस्त गतिमा भयो भन्ने प्रश्न गरे । ‘सेनाले निर्माणको जिम्मेवारी लिएको छ । तर, काम तीव्र गतिमा हुन सकेन । सेनाको स्रोतसधान नभएर हो कि के हो,’उनले भने ।



प्रतिक्रिया दिनुहोस्