Logo

एमालेका पदाधिकारी च्यासलमा भेला ‘संकल्प यात्रा’ को समीक्षा गर्ने



काठमाडौं,४ पुस । नेकपा एमालेका पदाधिकारीहरु पार्टी मुख्यालय च्यासलमा भेला भएका छन् । पार्टीको अनौपचारिक सचिवालय बैठकका लागि एमाले नेताहरु च्यासलमा भेला भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाएको थियो ।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरेको थियो । सोही अभियानको समीक्षा गर्न नेताहरू छलफलमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्