Logo

‘फास्ट ट्र्याक’ बारे प्रधानसेनापतिको जवाफः यहि ताल हो भने २०८३ मा सकिँदैन, कानुन सच्चिनुपर्छ



काठमाडौं,४ पुस । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले वर्तमान विद्यमान कानून ररिरहे आनगामी ०८३ सम्ममा निमार्णधिन फास्ट ट्र्याकको काम नसकिने प्रष्ट पारेका छन् ।

बुधबार पसंसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले फास्ट ट्र्याकबारे उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानसेनापति शर्माले भने, ‘हामी गलत गर्दैनौँ । ठेक्कापट्टाको कुरा आयो । आधुनिक संसारमा उठ्नु ठूलो कुरो होइन । तर, नियमसंगत पारदर्शी ढंगले सेनाले गर्छ । गल्ती हुँदैन भन्दिनँ, भएमा करेक्सन गर्नुपर्छ । नेपाली सेनाले फास्ट ट्रयाक मागेको होइन, तपाईंले दिएको हो । सरकारले दिएको हो । चारवटा रुख काट्न ९ महिना लाग्छ । तपाईंहरूले बनाएको नियम हो । तपाईंहरूको नि गल्ती छ । अनियमितता भएको छैन । यहि ताल हो भने २०८३ सकिँदैन । कानुन सच्चिनुपर्छ । ठेक्कापट्टा लगाउने रहर छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot