काठमाडौं,४ पुस । लामो समयदेखि सभामुखविहीन बनेको कोशी प्रदेश सभाले सभामुख पाउने भएको छ ।
प्रदेृश सरकारमा सामेल त्तारुढ दल र राप्रपाबीच भएको छलफल अनुसार राप्रपालाई सभामुख दिन सत्तारुढ दलहरु सहमत भएपछि सभामखु भयन प्रक्रिया अघि बढ्ने भएको छ ।
सत्ता गठबन्धनले राप्रपालाई सभामखु लिएर सरकारमा सामेल गराउन चाहेपछि राप्रपाले सभामुख लिन सहमति जनाएको हो । राप्रपाले प्रदेश सांसद अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि विष्टले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएको हो । एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको जनाएको छ ।
तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते पदबाट राजीनामा दिएपछि कोशी प्रदेश सभा सभामुख बिहीन रहेको छ । राजनीतिक उथुलपुथल नभएमा अबको एक साताभित्र कोशीले नयाँ सभामुख पाउनेछ ।
सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने सहमति गरेपनि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि सभामुखमा आफ्नो दाबी रहने जनाएको छ । एमालेका एक नेताले दिएको जानकारी अनुसार एमालेले प्रदेश सभामा सभामुख आफू लिने र राप्रपालाई उपसभामुख दिने तयारी गरेको छ । तर, राप्रपाले भने औपचारिक रुपमा मुख खोलेको छैन् ।
९३ सदस्यीय प्रदेश सभामा उपसभामुखसहित ४० सांसद रहेको एमालेबाट झापा क्षेत्र नम्बार २ को (ख) बाट निर्वाचित सांसद तिलचन पाठक सभामुखको दौडमा रहको छन् ।