Logo

काठमाडौं महानगरले गर्यो २ वटा फार्मेसी शिल



काठमाडौं, ४ पुस । काठमाडौं महानगरपालिकाले २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । शिल गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं.३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् ।

यसै गरी महानगरले वडा नं.१ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिनको समय दिइएको छ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार, दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गरिएको हो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot