Logo

मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न: थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या ९८ प्रतिशत रहेछ,कत्रो जेल बनाउनुहुन्छ ?



काठमाडौं,५ पुस । क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको चौतर्फी आलोचना भईरहेको छ ।

बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।

किराँतीले भनेका थिए, ‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

मन्त्री किराँतीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउादै नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले थुन्नै पर्ने देशद्रोही (अरू धर्म मान्ने) को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरुलाई थुन्न कत्रो जेल बनाउँला त ? भन्ने व्यङ्ग्यात्मक जिज्ञासा राखेका छन् ।

‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अबरुउनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु,बौंध्द,मुस्लिम आदी) करीब ९८ प्रतिशत रहेछ।माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो।धर्म ब्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान’। बाँस्कोटाले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot