काठमाडौं,५ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधान सम्मेलनका लागि ७ सदस्यीय विधान मस्यौदा समिति पनि गठन गर्ने निणय आजको बैठकले गरेको छ ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् । विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।
त्यस्तै माओवादीले भदौं १६ गतेदेखि जारी जनतासँग माओवादी विशेष रुपान्तरण अधियान पुस १६ गतेबाट समापण गनेसमेत तयारी गरेको छ । file photo