काठमाडौं,५ पुस । राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा विभागीय टिम एपीएफले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सुखद सुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १६ ओभरमा मात्र १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
एपीएफका लागि ज्योति पाण्डेले ४९ र इन्दू बर्माले ३१ रन जोडिन् । पाण्डेले ४८ बलमा ९ चौका र इन्दुले ४४ बलमा ४ चौका हिर्काईन् । यसअघि सुदूरपश्चिले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन जोडेको थियो ।