काठमाडौं,५ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा कर्णाली प्रदेशले खराब प्रदर्शन गर्दै कोशी प्रदेशलाई ३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णालीले १६ ओभरमा अलआउट हुँदै ३३ रनमात्र जोड् सक्यो । कर्णालीका ४ खेलाडीले कुनैपनि रन नै जोड्न सकेनन् ।
कर्णालीका लागि कप्तान किरण कुँवरले बनाएको ९ रननै सर्वाधिक रह्यो । त्यस्तै विना थापा र राशी खड्काले समान ८ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले रन जोड्न सकेनन् । यमुना थारु, अन्जु गुरुङ, विमला बुढाथोकी र गौरी शून्य रनमै आउट भएपछि कर्णालीको ब्याटिङ धराशायी बनेको थियो ।
बलिङतर्फ कोशीकी अप्सरी बेगमले तीन तथा एलिासा खाडियाले २ विकेट लिए ।