Logo

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशले लिए शपथ



काठमाडौं,५ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् ।

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहबीच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपति कार्यालयले बुधबार नै उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको सूचना जारी गरेको थियो।

न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले उनीहरुको नाम न्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा ३ दिनसम्म सुनुवाइपछि बुधबार उनीहरुको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको थियो ।

न्यायाधीशमा नियुक्त भएका ढु्ंगाना उच्च अदालत पाटनका मूख्य न्यायाधीश हुन् उनी सर्वोच्चमा नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्नेगरी सर्वोच्चमा पुगेका छन् । त्यस्तै सुवेदी, पौडेल र मुसलमान उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल नेपाली कांग्रेस र ढकाल नेकपा एमाले निकट कोटाबाट न्यायाधीशमा सिफारिस भएका थिए ।



प्रतिक्रिया दिनुहोस्