Logo

मैयादेवी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने



चितवन, ५ पुस । समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगिता यही माघको दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सङ्घका महासचिव सुबोध प्रधानका अनुसार सातवटा प्रदेशका एक÷एक वटा समूहको सहभागिता रहने सो प्रतियोगिताले सन् २०२४ मा नेपालमा हुने विश्वकपको एसिया कप छनोटलाई समेत सहयोग पुग्नेछ । प्रतियोगितामा १९ वर्षमुनिका एक सयभन्दा बढी महिला खेलाडीले सहभागिता जनाउने उनले जानकारी दिए ।

प्रतियोगिताका लागि प्रथम र द्वितीय पुरस्कारसमेत घोषणा गरिएको छ । उक्त ट्रष्टका महासचिव टङ्कनाथ पौडेलले प्रथम पुरस्कर एक लाख ७९ हजार सात सय पाँच र द्वितीय पुरस्कार ९५ हजार सात सय पाँच प्रदान गरिने घोषणा गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि सङ्घले प्रतियोगिता संयोजकको जिम्मेवारी बचन कार्कीलाई दिएको छ ।

सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले प्रतियोगिता सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए । नेपाल क्रिकेट सङ्घको समन्वयमा वार्षिक कार्यतालिकामै राखेर सो प्रतियोगिता गरिने उनको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot