काठमाडौं, ५ पुस । भन्सार विभाथग घेराउ गर्न पुगेको आम जनता पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
भन्सार विभाग घेराउका लागि गएका उनीहरुलाई प्रहरीले भन्सार विभागको मूल गेटमा पनि पुग्न नदिई अवरोध गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो । त्यसपछि प्रहरीले आजपा कार्यकर्तामाथि लाठीचार्ज गरेको हो ।
आजपाको आम सम्पर्क मञ्च भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गर्दै आएको छ । प्रहरीले लाठीचार्ज गर्दा आजपाका दुई जना कार्यकर्ता घाईते भएका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ ।
प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरी दमनको विरुद्धमा नाराबाजी गरेका थिए ।