काठमाडौं, ५ पुष । प्रभु साह नेतृत्वको आम जनता पार्टीको लुम्बिनी प्रदेश कमिटी गठन भएको छ । सविना हुसेन ईन्चार्ज रहेको उक्त कमिटीको सह–ईन्चार्जमा प्रमानन्द बर्मा र विक्रम चौधरी छन् । यस्तै, प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे ‘काविल’ र सचिवमा आशा संजेल नियुक्त भएका छन् ।
आजपाको आज (बिहीबार) पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रदेश कमिटी चयन गरेको हो ।
कमिटीले प्रदेशका विभिन्न जिल्लाका ईन्चार्जसमेत चयन गरेको छ । जसअनुसार रुपन्देहीको ईन्चार्जमा नरेन्द्र प्रसाद पाण्डे, नवलपरासीमा रामबहादुर थापा मगर, बर्दियामा राहुल अधिकारी, रोल्पामा गणेश भण्डारी, गुल्मीमा रविना सुवानी, बाँकेमा विक्रम चौधरी, दाङमा दिपक गिरी, पाल्पामा ई. माधव पौडेल, कपिलवस्तु ईन्चार्ज फैईजल खान र राजेश चरण चौधरी (सह–ईन्चार्ज) र पूर्वी रुकुममा आशा विकलाई ईन्चार्ज तोकेको छ ।
यस्तै, अर्घाखाँची र प्यूठान भने कार्यालयले हेर्ने निर्णय भएको पार्टीका केन्द्रीय उपाध्यक्ष तिलक थापाले जानकारी दिए । यस्तै, प्रदेश कमिटीले नेपाली नागरिकता त्यागेका दलाल पुँजीपतिको सम्पत्ति कब्जा गर्ने र लघुवित्त, सहकारी र बैंकहरुले गरेको ज्यादतीविरुद्ध विरोध संघर्ष गर्ने निर्णय भएको छ ।