काठमाडौं, पुस ६ । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।
कोषले आज एक सूचना प्रकाशित गर्दै तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।
आवेदन पुस २६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।