काठमाडौं, पुस ६ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी मान्छेको आडविना कुनै पनि भ्रष्टाचार नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग आव विहान कुरा गर्दै पोखरेलले एनसेलको खरिदविक्री, राजश्वमा भएको कर छली, विदेशमा नै गरिने खरिदविक्री, स्वामित्व हस्तान्तरणमा आएको समस्यालगायत कारोबार सरकारी र ठुला मान्छेको आडबिना सम्भव नहुने बताए ।
उनले यसप्रकरणमा कानुनलाई समेत चुनौती दिन सक्ने ठुलो मान्छेको हात नभई कसरी ग¥यो भन्ने प्रश्न गर्दै यसलाई ३० दिनभित्र छानविन र अनुसन्धान गरि यो विषयलाई कारवाहीको प्रक्रियामा अगाडि बढाउन र जनतामाझ सार्वजनिक गर्न माग गरे ।
सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
यस्तै पोखरेलले अनुसन्धानका लागि छानविन समिति बनेको १४ दिन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु नै समितीमा गएर, म मात्रै होइन अरु पनि छन् एनसेलका मान्छेहरुसँग बसउठ गर्ने, खाइपिई गर्ने भन्दै अभिव्यक्ति दिनुलाई त्यो समितीको बैठक प्रायोजित हो भनेर बुझ्न र भन्न कुनै पनि समस्या नरहेको स्प्ष्ट पारे।