Logo

एकदिवसीय क्रिकेट शृङ्खला भारतलाई



काठमाण्डौं, पुस ६ । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भयो । उसका टोनी डी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

भारतका अर्शदीप सिंहले ४ तथा आवेश खाँ र वासिङ्टन सुन्दरले समान २र२ विकेट लिए । त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनायो । उसका सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय पारी खेले । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक पनि हो ।

त्यस्तै, तिलक बर्मा ५२ रनमा आउट भए । दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३ तथा नान्द्रे बर्गरले २ विकेट लिए । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले नै हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्