Logo

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति निर्धारित समयमै सक्न माग गर्दै रास्वपाले दबाब यात्रा सञ्चालन गर्ने



काठमाडौं,६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति गर्न माग गर्दै दवावयात्रा सञ्चालन गर्ने भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा पुस ९ गते नारायणगढदेखि बुटवलसम्म करिव १३३ किलोमिटरसम्म हिँडेर नै यात्रा गर्ने र छिटो कामसक्न ध्यानाकर्षण गराउने रास्वपाले जनाएको छ ।

रास्वपाले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने बताएको छ। यस्तै, सडक आसपासका स्थानीयसँग पनि रास्वपाले अन्तर्क्रिया गर्ने जनाएको छ।

यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आह्वान गर्ने रास्वपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot