काठमाडौं, ६ पुस । आम जनता पार्टी (आजपा) का युवा नेता चन्द्रभूषण (सीबी) साहले सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज आचार्यले आफूमाथि अभद्र ब्यवहारसहित गाजिगलौज गरेको आरोप लगाएका छन् ।
आजपाले भ्रष्टाचारविरुद्ध, सुशासन र जनताका काम गरिरहेको अवस्थामा मेयर आचार्यले सामाजिक सञ्जालमार्फत विभिन्न गाली गलौज गरी आफूहरुमाथि आक्रमणको प्रयास गरेको नेता साहले बताए ।
केहीदिन अगाडि नगर परिषदको समयमा साह निकट युवाहरूको टोलीले शून्य कर नीतिसहित बिजुली र पानी निःशुल्क गर्न, आम्दानी र खर्च विवरण सार्वजनिक गर्न, भागबण्डा र भ्रष्टाचारको राजनीतिक अन्त्य गर्न, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न, किसानलाई समयमै बिउ, मलखाद र बजारको प्रबन्ध गर्न मागसहित प्रदर्शन गर्दै मेयरलाई ज्ञापनपत्र बुझाएका थिए ।
आफूहरुले गरेको प्रदर्शन र विरोधविरुद्ध मेयर साहले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको उनले बताए ।