Logo

५ खेलाडी शून्य रनमै आउट भएपछि निरीह बन्यो मधेश, एपीएफले पायो ४१ रनको सामान्य लक्ष्य



काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० महिला क्रिकेट अनतर्गत समूह चरणको दोस्रो खेलमा मधेश प्रदेशले विभागीय टिम एपीएफलाई ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित टीयू मैदानमा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको मधेशले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ४० रनमात्र जोड्न सक्यो । मधेशका लागि प्रतिमा साहले १५ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमृता महतोे र भूमि सिंहले समान ५ रन जोड्दा सरस्वती कुमारीले ७ रन थपिन् ।त्यस्तै साना प्रविनले तीन तथा कविता गौतमले १ रन जोड्दा मधेशका एलिसा यादव, पूजा महतो, रोजि कडारी, साक्षी यादव र मिना माहतोले कुनैपनि रन जोड्न सकेनन् ।

बलिङतर्फ एपीएफकी सीता रानामगरले तीन तथा रेखा रावल र सुमन विष्टले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्