Logo

पीएम कप टी-२० क्रिकेट: लुम्बिनीले दियो सुदूरपश्चिमलाई ७२ रनको सामान्य लक्ष्य



काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० महिला क्रिकेट अनतर्गत समूह चरणको दोस्रो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ७२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानी मैदानमा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र जोड्न सक्यो । उसका लागि सरस्वती पुनले १९, आस्मा पुलामीले १४ तथा सरस्वती बजगाईंले १४ रन जोडिन् । त्यस्तै कमला जीएमले ८ रन थप्दा कीर्ति अधिकारीले ५ रन थपिन् ।

बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदेले २ तथा अनु कडायत, ईश्वरी विष्ट र रीतु कनौजियाले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्