Logo

अस्ट्रेलियामा हरेक बर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यृ



क्यानबेरा, ६ पुस । अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक बर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी क्षेत्रमा बार्षिक ११ देखि ६३ जनाकोे काठको हिटरबाट निस्किने धुवाँको असरबाट मृत्य हुने गरेको उल्लेख गरेको छ ।

अध्ययनका अनुसार काठको हिटरबाट हुने मृत्युको अनुमानित वार्षिक लागत ५७ देखि ३३३ लाख अस्ट्रेलियाली डलर रहेको छ ।

अनुसन्धानका प्रमुख लेखक तथा सरकारद्वारा अनुदान प्राप्त स्वस्थ्य वातावरण र राष्ट्रिय अनुसन्धान सञ्जालका निर्देशक सोटीरिस भारडोलाकीसले काठको हिटरहरू वायु प्रदूषणको प्रमुख स्रोत भएको बताएका छन् ।

उनका अनुसार हिटरबाट निस्कने धुवाँले दम लगायत श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग निम्ताई अकालमा हुने मृत्युको जोखिम बढाउँछ । स्थानीय भू–वनोटका कारण हावा स्थिर हुँदा चिसो र प्रदूषित हावाले जमिनमा जाडो मौसममा स्वास्थ्य अवस्था बिग्रिने उनको भनाइ छ ।

अनुसन्धानका अनुसार वायु प्रदूषणको अतिरिक्त, काठको हिटरहरूले कार्बन डाइअक्साइड, मिथेनलगायतका ग्यास उत्पादन गरी जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गर्दछ ।

राजधानी क्यानबेरा र यसका वरपरका शहरहरू हेर्ने स्थानीय सरकारले अगस्टमा सन् २०४५ सम्ममा सबै काठ हिटरहरू विस्थापन गर्ने योजना घोषणा गरेको छ । अनुसन्धान हेल राष्ट्रिय अनुसन्धान सञ्जाल तथा तस्मानिया विश्वविद्यालयको सुरक्षित हावासँगकोे सहकार्यमा गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot