Logo

नेपाल सुपर लिग : आज समूह चरणको अन्तिम दुई खेल



काठमाण्डौं, पुस ७ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा वीरगञ्ज युनाइटेड एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । उक्त खेल दिउँसो एक बजे खेल्नेछन् ।

वीरगञ्ज ७ खेलमा ८ अङ्कसहित तालिकाको सातौँ र बुटवल लुम्बिनी समान खेलमा ७ अङ्कसहित पुछारमा छ । त्यस्तै, दोस्रो खेल अन्तरगत बेलुका ५ बजे काठमाण्डौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको ललितपुरको ७ खेलमा १० छ । साविक विजेता टोली काठमाण्डौ ७ खेलमा ९ अङ्कसहित छैटौँ स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्