Logo

दुई संसदीय समितिको बैठक आज



काठमाडौं, पुस ८ । संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

अहिले बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्न लागेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot