Logo

पीएम कप क्रिकेट: रुविनाको अर्धशतकमा कोशीले दियो मधेशलाई १३० रनको लक्ष्य



काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई १३० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन जोडेको हो । उसका लागि राष्ट्रिय महिला टिमकी पूवृ कप्तानसमेत रहेकी रुविना क्षेत्रीले अर्धशतकीय पारी खेलिन् । ६४ बलको सामना गरेकी रुविनाले ९ चौका हिर्काउँदै ५७ रन जोडिन् ।

त्यस्तै अप्सरी बेगमले ४१ बलमा ७ चौकासहित ३९ रन थपिन् । सवनमा राई १६ रनमा नटआउट रहँदा लकिता राजवंशीले ६ रन थपिन । बलिङतर्फ मधेशकी मीना महतोले २ तथा सरस्वती कुमारी र पूजा महतोले समान १ विकेट लिईन् ।



प्रतिक्रिया दिनुहोस्