Logo

मध्यपहाडको बसाइसराइ र युवाहरूको विदेश पलायनबारे एमालेले विज्ञसँग छलफल गर्ने



काठमाडौं,८ पुस । नेकपा एमालेले मध्यपहाडी क्षेत्रमा देखिएको बसाइसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्ने भएको छ ।

मंसिर १४ गतेबाट बैतडीको झुलाघाट गोठालापानीबाट सुरु भएर मंसिर ३० मा पाँचथरको चिवाभञ्ज्याङमा समापन भएको समृद्धिका लागि संकmप यात्राबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सो जानकारी गराएका हुन् ।

‘अहिलेका विविध समस्याबारे काठमाडौँमा विज्ञसहित बसेर छलफल गर्नेछौँ। के कसरी अहिलेका समस्या समाधान गर्न कसरी सकिन्छ भनेर,’ ओलीले भने। ‘बसाइसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्दैछौँ,’।

त्यस्तै, उक्त विज्ञ टोलीसँग पार्टीले कृषिमा आधारित उद्योगको बारेमा पनि छलफल गर्ने पनि उनले बताए।

‘कृषिमा आधारित उद्योगको बारेमा पनि छलफल गर्छौँ। राज्यस्तर र राजनीतिक दल सबैलाई विकासका लागि कसरी काम गर्ने कस्तो ढाँचाको कृषि प्रणाली गर्नेरु भन्नेबारे पनि छलफल हुन्छ,’ ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्