Logo

पीएम कप महिला टी-२० क्रिकेटमा बागमतीको दोस्रो जित



काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । बागमतीले आज भएको खेलमा गण्डकीलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

गण्डकीले दिएको ११३ रनको मध्यम लक्ष्य बागमतीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि यसोधा विष्टले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाईन् । त्यस्तै हेलिसा गुरुङले २० तथा सोनी पाख्रिनले १७ रन थपिन ।

बलिङतर्फ गण्डकीका श्रृष्टि जैसीले २ विकेट लिईन् । यसअघि टस हारेर सुरुवातमा ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रन जोडेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot