काठमाडौं, ९ पुष । ह्याम्स अस्पतालले मुटुरोग विशेषज्ञहरुको सहभागितामा २४सै घण्टा मुटुसम्बन्धी उपचार सेवा सञ्चालन गरेको छ । ह्याम्समा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा मुटरोग विभाग सञ्चालनमा छ । अत्याधुनिक प्रविधिसहित २४सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालमा डा. कोइरालाको नेतृत्वमा विशेषज्ञहरुको टिम खडा भएको छ । ह्याम्समा अहिले डा. कोइरालासहित मुटुको शल्यक्रियामा डा. रोशन राउत, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम छ । राउतले कार्डियो विभागको नेतृत्व गरेका छन् ।
अस्पतालकाअनुसार कार्डियोलोजीमा डा रोशन राउत, डा दिवाकर शर्मा, डा मानबहादुर केसी, डा यादव भट्ट, डा मुकुन्द शर्मा, डा लक्ष्मण ज्ञवाली, डा अमृत बोगटी, डा रिजु मानन्धर, डा पारस कोइराला छन् । एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटु रोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भए पनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा उपलब्ध भएको ह्याम्सले जनाएको छ ।
हाल ह्याम्सको कार्यकारी निर्देशक ज्योतिन्द्र शर्मा छन् । ह्याम्समा एनेस्थेसियाको लिड भने डा मुरारीराज उप्रेतीले गरेका छन् । ह्याम्सको क्याथल्याब २४ घण्टा सञ्चाल्न हुने अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए । हाल नेपालमा प्रचलित मुटु रोगको उपचार सम्बन्धी सेवाहरूमा सबै भन्दा बढी प्रकारका सेवाहरू ह्याम्स अस्पतालमा उपलब्ध भएको अस्पतालका कार्यकारी निर्देशक शर्माले बताएका छन् ।
मुटु रोगकै मात्र उपचार गर्ने विशेष अस्पतालमा समेत नभएका सेवा ह्याम्सले उपलब्ध गराएकाले बिरामीका लागि सबै उपचारको गन्तव्य बनेको उनले बताए । विशेष गरी ह्याम्समा विश्वस्तरीय र अत्याधुनिक ल्याब तथा प्रविधिहरू अपडेट भइरहने भएकाले रोग पत्ता लगाउन सहज बनेको छ ।
ह्याम्सले मुटुको चाल नियमित नभएमा थ्री डी म्यापिङ मार्फत इलेक्ट्रोफिजीयोलोजीको सेवा दिन गरेको छ । नेपालमा यस सम्बन्धी सेवा दिने एकमात्र चिकित्सक वरिष्ठ डाक्टर रोशन राउत ह्याम्स अस्पतालमा कार्यरत छन् । मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने ह्याम्स अस्पतालले सर्वसुलभ मूल्यमा उपचार गर्दै आएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाल सरकारले मुटुरोगका बिरामीलाई प्रदान गर्ने एक लाख रुपैयाँ बराबरको सहुलियत सेवा ह्याम्समा उपचार गर्दा समेत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । ह्याम्सले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७३ बमोजिम यो वर्ष मसान्त सम्ममा ३१ जना मुटु रोगका बिरामीहरूलाई नेपाल सरकारद्वारा प्रदान गरिने एक लाख बराबरको सहुलियतमा सेवा प्रदान गरिसकेका जनाएको छ ।
अस्पतालको भवनमै हेलिप्याड रहेकाले दुर्गमका बिरामीलाई तत्काल उद्धार गर्न समेत ह्याम्सले सधैँ हेलिकोप्टर तयार राखेको जनाएको छ । डा. भगवान कोइरालासहित देशका सर्वोत्कृष्ट र चर्चित अगरेको छ । अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटु सम्बन्धी समस्याको निदानका लागि देशका नाम चलेका विज्ञहरूलाई जम्मा गरेको हो ।